घिरौलाको मूल्य बढ्यो



काठमाडौं,बैशाख १ । आगमन घट्दा एकैदिन घिरौलाको मूल्य ९ रुपैयाँले बढेको छ ।  

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो दिन प्रतिकिलो ८६ रुपैयाँ औसत मूल्य रहेको घिरौला आज प्रतिकिलो ९५ रुपैयाँ औसत मूल्य कायम भएको छ । 

त्यसैगरी, शुक्रबार घिरौलाको आगमन भने घटेको समितिले जनाएको छ । शुक्रबार १५ हजार ७३४ किलोग्राम घिरौला बजार भित्रिएको थियो भने शनिबार ६ हजार ७०० किलोग्राम घिरौला बजार भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्