राष्ट्रपति पौडेलले गरे सपना तिर्थ मन्दिरको दर्शन



काठमाडौं,बैशाख १ । राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार बिहान प्रसिद्व शक्तिपीठ सपना तिर्थ मन्दिरको दर्शन तथा पूजा अर्चना गरेका छन्। टोखा नगरपालिका वडा नम्बर २ मा रहेको धार्मिक एवम पर्यटकीय क्षेत्र सपना तिर्थ गणेश मन्दिरमा राष्ट्रपति पौडेलले बिशेष पूजा गर्नुका साथै टीका, फूल तथा प्रसाद ग्रहण गरे।

राष्ट्रपति पौडेललाई मन्दिर परिसरमा स्थानीय सुरक्षा अधिकारी, नगरपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए। सो अवसरमा नगरपालिका मेयर प्रकाश अधिकारीले राष्ट्रपति पौडेललाई दुबोको माला लगाएर स्वागत गरे।  

मन्दिर दर्शनपछि राष्ट्रपति पौडेलले सपना तिर्थ मन्दिरको प्राचीन र ऐतिहासिक शक्तिपीठ भएको बताउँदै यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपमा आउन पाउँदा खुसी लागेको बताए।

प्रतिक्रिया दिनुहोस्