एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित



काठमाडौं,बैशाख १ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई निर्वाचित भएका छन ।

आठौँ जिल्ला अधिवेशनमा राईले तीन सय ३९ मत प्राप्त गर्दै अध्यक्ष निर्वाचित भएका उनका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत पाएकोे प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताए ।

जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी हुनुभएको छ भने पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

प्रतिक्रिया दिनुहोस्