एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित



सिन्धुली,बैशाख १ । नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ विजयी भएका छन्। बुधबारबाट भएको आठौँ अधिवेशनबाट जिल्ला कमिटीको अध्यक्षमा श्रेष्ठ ४४१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी कुमार बहादुर कार्की (रामकुमार) लाई १३७ मत अन्तरले पराजित गरेका हुन्। कार्कीले भने ३०४ मत मात्र प्राप्त गरेका छन्। 

श्रेष्ठ एमाले कमलामाई नगर कमिटीका अध्यक्ष हुन् भने कार्की निवर्तमान जिल्ला अध्यक्ष हुन्। 

प्रतिक्रिया दिनुहोस्