नयाँ बर्षको अवसरमा मुक्तक वाचन कार्यक्रम



काठमाडौं,बैशाख १ । नयाँ बर्षको अवसरमा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल मुक्तक मञ्च,काठमाडौ शाखाको आयोजनामा नयाँ बर्षको अबसरमा पोखरेली रेस्टुरेन्ट,गंगबुमा मुक्तक वाचन कार्यक्रम सम्पन्न भएको हो।

नेपाल मुक्तक मञ्च काठमाडौ शाखाको अध्यक्ष राजेन्द्र घिमिरे सागरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अतिथी वरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी किशोर, बिशिस्ट अतिथि सशाक मासिकका सम्पादक उमेश पाण्डे र कल्पलता द्वैमासिकको प्रकाशक रेणु अधिकारी मौनता रहेका थिए ।

नेपाल मुक्तक मञ्च काठमाडौ शाखाको सचिव तारा केसिले संचालन गरेको उक्त कार्यक्रममा नयाँ बर्षको अवसरमा शुभकामना आदानप्रदान सहित मुक्तककारहरु ज्ञान्धारी कैनी,भवानीमैया पन्त,पार्वती पुडासैनी,उत्तम भेटुवाल,माधब बिडारी चेतनपथ,हरिकृष्ण धिताल(एच.के.धिताल) र यसोदा अधिकारीले आ-आफ्नो मुक्तक वाचन गरेका थिए ।

सो अवसरमा डा.दामोदर पुडासैनी, उमेश पान्डे, रेणु अधिकारी मौनताले आफ्नो सृजना प्रस्तुत गरेका थिए। सो कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा.दामोदर पुडासैनी किशोरले साहित्यको जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने ,साहित्यकारहरु बिचको नियमित जमघटले साहित्यमा निखारता आई उत्कृष्ट साहित्य सृजना हुने धारणा राखेका थिए । साथै सो कार्यक्रममा प्रमुख अतिथी डा.पुडासैनीले यो वा त्यो नभनी सबै एकजुट भै साहित्यको शिर उचो बनाउनु पर्ने बताए।

प्रतिक्रिया दिनुहोस्