दीपेन्द्रको विस्फोटक ब्याटिङ, एकैओभरमा ६ छक्का : कतारलाई २११ रनको लक्ष्य



काठमाडौ,बैशाख २ । एसिसी प्रमियर कपमा नेपालले कतारलाई २११ रनको लक्ष्य दिएको छ। नेपालले सात विकेट गुमाएर २१० रन जोडेको हो ।  

निर्धारित २० ओभरको अन्तिम ओभरमा दीपेन्द्र सिंह ऐरीले विस्फोटक ब्याटिङ गर्दै ६ वलमा ६ छक्का प्रहार गरेका थिए । ओमानको अल अमेरात मैदानमा दीपेन्द्र र आसिफ सेखले अर्धशतक बनाए। २१ बल खेलेका दीपेन्द्रले तीन चौका र सात छक्काको मद्दतले सर्वाधिक ६४ रन बनाए ।

अन्तिम ओभरको सबै बलमा उनले छक्का लगाए। यसैगरी, ४१ बल खेलेका आसिफ शेखले ६ चौकाको मद्दतले ५२ रन जोडे।

प्रतिक्रिया दिनुहोस्