धादिङ दुर्घटना अपडेटः मृतक संख्या २ पुग्यो, बाँकी ६ घाइतेलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो



काठामाडौँ,बैशाख २। धादिङको खाल्टेमा भएको ट्रक दुर्घनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ । घाइते भएका थप एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल धादिङबेशीमा मृत्यु भएको हो । 

जिल्लाको निलकण्ठ नगपालिका ५ खाल्टेमा आइतबार बिहान बा २ ख ८९४७ नम्बरको ट्रक  मिनिट्रक दुर्घटनामा एक जनाको घटनास्थलमै ज्यान गएको थियो । गंभिर घाइते अवस्थाका ७ जनालाई तत्काल उद्धार गरी स्थानीयले जिल्ला अस्पताल धादिङबेशी पु¥याएका थिए । 

जिल्ला अस्पताल पु¥याइएका ७ जना घाइतेमध्ये एक जनाको उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवम् प्रवक्ता डिएसपी मकेन्द्र कुमार मिश्रले जानकारी दिए । 

‘दुर्घटनामा परेको ट्रकमा ९ जना सवार थिए । जसमध्ये एक जनाको घटनास्थलमै ज्यान गएको, एक जनालाई घटनास्थलबाटै काठमाडौं पठाइएको र धादिङ अस्पतालाई ल्याइएका ७ मध्ये एक जना घइतेको निधन भएको छ,’ डिएसपी मिश्रले भने, ‘बाँकी ६ जना घाइतेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंँ पठाइएको छ ।’ काठमाडौंँ पठाइएका सबै घाइतेलाई रत्नपार्कस्थित ट्रमा सेन्टरमा उपचार गरिने छ । 

प्रतिक्रिया दिनुहोस्