राष्ट्रिय तेक्वान्दोमा सङ्गम र सौरवलाई स्वर्ण



काठमाडौं,बैशाख २ । चन्द्रागिरिका सङ्गम थापामगर र सौरव मल्ल ठकुरीले चौथो राष्ट्रिय फ्रेण्डसिप खुला तेक्वान्दो प्रतियोगिता स्वर्ण जितेका छन्  । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतबार भएको प्रतियोगितामा क्योरोगीतर्फ चन्द्रागिरिका सङ्गमले पुरुष ३१ केजी तौलसमूह र सौरवले पुरुष २८ केजी तौलसमूहमा स्वर्ण जितेका हुन्  । 

सङ्गमले फाइनलमा पर्वतका प्रसन थापालाई हराए । सौरवले भने फाइनलमा धुलिखेलका रिजन शिवभक्तलाई पराजित गरे । नेसनल तेक्वान्दो एकेडेमीका अर्थ कुइँकेल र रोज तितुङले कांस्य पदक जिते । 

प्रतिक्रिया दिनुहोस्