फेरि बढ्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं,बैशाख ३ । साताको दोस्रो कारोबार दिन सुनको भाउ वृद्धि भएको छ । सोमबार छापावाला सुनको भाउ प्रतितोला ७०० रुपैयाँले बढेको हो ।

अघिल्लो दिन १ लाख ३६ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज भने बढेर १ लाख ३७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजावी सुनको भाउ १ लाख ३६ हजार ८५० रुपैयाँ तोकिएको छ ।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ७१५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्