विकासका लागि राजनीतिक प्रतिबद्धता साकार हुनुपर्छ : राष्ट्रपति पौडेल



तनहुँ,बैशाख ३ । राष्ट्रपति रामचन्द्र पौडेलले जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य रहेको बताएका छन् । विश्व सम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल हो भने । “यसको लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकांक्षा बमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य छ” राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएकोमा जोड दिए । 

तनहुँसुर इतिहास बोकेको ठाउँ भएको तथा सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालसम्म उपेक्षित रहँदैआएको तनहुँसुर डाँडाको इतिहासमा यहाँ धेरै प्रकारका ऐतिहासिक सम्पदाहरु र स्मारकहरु लुकेर रहेको उहाँले चर्चा गरे । 

प्रतिक्रिया दिनुहोस्