नुवाकोटको ककनीमा खुर्पा प्रहार गरी युवकको हत्या



नुवाकोट,बैशाख ३ । जिल्लामा एक जना वृद्धले खुर्पा प्रहार गरी युवकको हत्या गरेका छन् । जिल्लाको ककनी गाउँपालिका-२ ठुलोचित्रे बस्ने ३० वर्षीय मंगले तामाङलाई धारिलो हतियार खुर्पा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । 

हत्या अभियोगमा सोही ठाउँ बस्ने ६५ वर्षीय डम्बर बहादुर तामाङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

डम्बर बहादुरले आफ्नै घरमा मंगलेलाई खुर्पा प्रहार गर्दा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।

प्रतिक्रिया दिनुहोस्