फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब कुनको कति ?
![](https://www.sajhapath.com/wp-content/uploads/2024/04/20240415_211400.jpg)
काठमाडौं,बैशाख ३ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले मूल्य बढाएर पठाएसँगै निगमले आज रातिदेखि नयाँ मूल्य कायम गरेको हो ।
निगमले पेट्रोल डिजेल तथा मट्टीतेलको भाउ प्रतिलिटर ३ रुपैयाँले बढाएको छ ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टितेलको प्रति लिटर १६१ रुपैयाँ कायम भएको छ।
![](https://www.sajhapath.com/wp-content/uploads/2024/04/fb_img_17131946089996206521391570939759-543x768.jpg)