सामसङ बन्यो नम्बर १ स्मार्टफोन



एजेन्सी,बैशाख ४ । एप्पलले विश्वको नम्बर- १ स्मार्टफोन कम्पनीको ट्याग गुमाएको छ । २०२४ को पहिलो त्रैमासिकमा एप्पलको शिपमेन्ट (ढुवानी) १० प्रतिशत गिरावट आएसंगै एप्पलले विश्वबजार आफ्नो शिर्ष स्थान गुमाएको छ । डाटा रिसर्च फर्म आईडीसीले आइतबार एक रिपोर्ट सार्वजनीक गर्दै एप्पललाइ  सामसङले विश्‍वभर मोबाइल शिपमेन्टको सन्दर्भमा नम्बर १ स्थान हासिल गरेको जनाएको छ । 

रिपोर्ट  अनुसार विश्‍वव्यापी रुपमा स्मार्टफोन ढुवानी ७.८ प्रतिशतले बढेको छ। जनवरीदेखि मार्चसम्म २८९.४ मिलियन युनिट स्मार्टफोन ढुवानी भएको थियो । यस अवधिमा सामसङको २०.८ प्रतिशत बजार हिस्साका साथ पहिलो स्थानमा आएको जनाइएको छ । एप्पल भने दोस्रो स्थानमा पुगेको छ ।  गतवर्षको डिसेम्बरमा सार्वजनिक त्रैमासिक रिपोर्टमा सामसुङलाई पराजित गर्दै एप्पलले नम्बर-१ स्थान हासिल गरेको थियो ।  यसको बजार हिस्सा १७.३ प्रतिशत छ ।

पहिलो त्रैमासिकमा, एप्पलले ५०.१ मिलियन आईफोनहरू बजार पठाएको छ । गत वर्षको सोही अवधिमा एप्पलले ५५.४ मिलियन आईफोनहरू पठाएको आईडीसीले जनाएको छ । चीनको शीर्ष स्मार्टफोन निर्माण कम्पनी साओमी पहिलो त्रैमासिकमा १४.१ प्रतिशत को बजार हिस्सा संगै तेस्रो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्