आजको मौसम: विभिन्न स्थानमा वर्षा र हुरीबतास आउने



काठमाडौं,बैशाख ४ । आज दिउँसो गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत मुलुकका पहाडी क्षेत्रका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र  सुदू्रपश्चिम प्रदेशका केही स्थान तथा अन्य बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना छ। ती प्रदेशका हिमाली उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिउँपर्ने जनाएको छ।

आज राति कोशी प्रदेशको पहाडी क्षेत्रका केही भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने बुलेटिनमा उल्लेख गरेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्