नेपाल वायुसेवा निगमले तिर्यो सञ्चय कोष र नागरिक लगानी कोषको ५३ करोड ऋण



काठमाडौं,बैशाख ४ । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण तिरेको छ । निगमले जहाज खरिदका लागि यी दुई कोषबाट लिएको ५३ करोड बढी ऋण भुक्तानी गरेको हो ।

२०८० चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि ऋण लिएको थियो । तीमध्ये दुई न्यारोबडि जहाजको २०८० चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ रकम भुक्तानी गरेको छ ।

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात गत चैत्र सम्मको अवधिमा ५ अर्व ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको जनाएको छ ।

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको ब्याजको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको छ । त्यस सम्बन्धमा छलफल समेत भइरहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्