महालेखा परीक्षकमा तोयम राया अनुमोदित



काठमाडौं,बैशाख ५। संसदीय सुनुवाइ समितिले संवैधानिक परिषदबाट महालेखा परीक्षकमा सिफारिस भएका तोयम रायलाई सर्वसम्मत अनुमोदन गरेको छ।

मंगलबार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित महालेखा परीक्षकमा रायको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति पशुपतिशमशेर जबराले  बताए । 

महालेखा परीक्षकमा प्रस्तावित रायले १५ पेजको कार्ययोजना प्रस्तुत गर्दै बेरुजु घटाउन काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।  संवैधानिक परिषद्को गत चैत १८ को बैठकले रायलाई महालेखा परीक्षकमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो। निर्णयसँगै उनको नाम संसदीय समितिमा पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्