एन्फाका उपाध्यक्ष दावा लामा पक्राउ



काठमाडौ,बैशाख ५ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ गरेको छ । 

लामालाई काठमाडौँबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले राससलाई जानकारी दिए ।

उनले भने, “लामा दावा लागूऔषध खैरो हिरोइन कारोबार मुद्दामा उच्च अदालत पाटनबाट वि.सं.२०६४ सालमा दोषी ठहर भई फरार थिए, आज हाम्रो टोलीले पक्राउ गरेको छ ।” रासस 

प्रतिक्रिया दिनुहोस्