एसिसी प्रिमियर कप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा



काठमाडौं,बैशाख ५ । समूह ‘ए’को विजेता बन्दै नेपाल एसिसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

समूह चरणको अन्तिम खेलमा बुधबार  साउदी अरबलाई ६ विकेटले हराउँदै नेपाल चार खेलमा ८ अङ्क जोड्दै सेमिफाइनल प्रवेश गरेको हो। 

साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल बाँकी हुँदा ७५ रन बनाएर पूरा गरेको हो। वर्षाका कारण आठ ओभरमा घटाइएको खेलमा साउदीले ७ विकेटको क्षतिमा नेपालविरुद्ध ७३ रन बनाएको थियो। 

प्रतिक्रिया दिनुहोस्