प्रजापतिले १५ औँ पटक छेडे जिब्रो



बाँके,बैशाख ५ । रामनवमी पर्वको अवसरमा हिन्दु धर्मावलम्बीहरूले जिब्रो छेडेर नेपालगन्जस्थित प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको दर्शन गरेका छन् । भारतको रुपैडिहा बागमराका ६५ वर्षीय रमेश प्रजापतिले १५ औँ पटक जिब्रो छेडे । 

उनले आफू विगत १५ वर्षदेखि निरन्तर बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने गरेको सुनाए । उनी जस्तै अन्य भक्तजनले पनि बुधबार यहाँ जिब्रो छेडेर दर्शन गरेका छन् ।

नेपाललगायत भारतका विभिन्न स्थानबाट चैते दसैँ र विजयादशमीको रामनवमीको अवसरमा बागेश्वरी मन्दिरमा आएर जिब्रो छेडेर दर्शन गर्ने परम्परा छ । 

प्रतिक्रिया दिनुहोस्