थ्री स्टार हाइड्रोपावरको साधारण सभा बैशाख २३ मा



काठमाडौं,बैशाख ६ । थ्रीस्टार हाइड्रोपावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा बैशाख २३ गते  गते गर्ने भएको छ । सभा, जर्मन होम्स गठ्ठाघर भक्तपुरमा बिहान ११ बजेदेखि शुरु हुने जानकारी दिएको छ ।  

कम्पनीले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । सभामा हकप्रद शेयर निष्कासन प्रस्ताव पेश हुनेछ । तर कति प्रतिशत निष्कासन गर्ने भनेर चाहिँ खुलाइएको छैन । साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुका साथै चालू आव २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ । साधारण सभा प्रयोजनार्थ कम्पनीले वैशाख ७ गते शुक्रबार बुक क्लोज गर्ने भएको छ । यस आधारमा मंसिर ६ गते सम्म कायम शेयरधनीले सभामा भाग लिन सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्