जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध छौँ : अध्यक्ष ओली



काठमाडौं,बैशाख ६ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरू मुलुकलाई संवृद्ध बनाउने अभियानमा जुटिरहेकाले जनताको चाहना पूरा हुने बताएका छन् । 

उनले जनताको विकासप्रतिको चाहना पूरा गर्न सधैँ प्रतिबद्ध रहेको जनाउँदै यस्तो बताएका हुन् । बिहीबार झापाको गौरादहमा भएको कार्यक्रममा अध्यक्ष ओलीले वर्तमान सरकार तथा समीकरण जनहितका लागि बनेकाले जनताको अपेक्षाअनुसार काम गर्ने चर्चा गरे । 

विकासका कामहरू अधुरा नै रहेको जनाउँदै उनले त्यस्ता अधुरा विकासका कामहरू अब पूरा हुँदै जाने बताए । मूलकको विकास नचाहने शक्तिहरू अहिले पनि एमाले र वर्तमान समीकरणविरुद्धमा लागिरहेको पनि उनले बताए  । “हामी काममा विश्वास गर्छौँ, जनताको अपेक्षाअनुसार अघि बढ्छौँ” उनले भने । एमालेले कसरी काम गर्छ भन्ने सबै जनताले महसुस गर्नुभएको उनले बताए । 

आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र नं. ५ का सबै अधुरा कामलाई पूरा गर्न आफू लाग्ने प्रतिबद्धता उनले जनाए । ओली प्रधानमन्त्री हुँदा निर्वाचन क्षेत्रमा ल्याइएका विभिन्न योजना अलपत्र छन् । स्थानीयले विकास योजनाको विषयमा जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्