सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त



काठमाडौं,बैशाख ६ । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी नियुक्त भएका छन् ।

सोडारीले एमाले, माओवादी नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले उनलाई नियुक्त गरेका हुन्  ।

यसअघि एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नसकिने अडान लिएपछि आज दिउँसोसम्म अन्योल थियो । अन्ततः एमालेले सोडारीलाई समर्थन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्