दाङमा आगलागीबाट एकको मृत्यु

दाङ,बैशाख ७ । दाङमा आगलागीबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लमही नगरपालिका–९ तरुलियाका ८७ वर्षीय वीरबहादुर बोटे रहेका छन् ।
घरमा आगो लागेको थाहा पाएपछि वीरबहादुर नगद तथा अन्य सामग्री निकाल्न घरभित्र पसेका थिए । त्यहीबेला आगोले जलेर मृत्यु भएको प्रहरीको भनाइ छ ।