गण्डकी प्रदेशसभा स्थगित



लेखनाथ,बैशाख ७ । गण्डकी प्रदेशसभाको शुक्रबार सुरु भएको अधिवेशन अनिश्चित कालका लागि स्थगित भएको छ ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको थियो ।

प्रमुख प्रतिपक्षी कांग्रेस र विपक्षी राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का सांसद अनुपस्थित भएपछि सभामुख कृष्ण धितालले बैठक स्थगित गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्