लागूऔषधसहित दुई युवक पक्राउ



जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागूऔषधसहित दुई युवकलाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भीरकोट नगरपालिका ३ का ३२ वर्षीय अनिल क्षेत्री र २२ वर्षीय शिव दर्जी रहेका छन्  ।

क्षेत्री र दर्जीलाई शङ्कास्पद अवस्थामा भेटेपछि प्रहरीले चेकजाँच गरेको थियो । पक्राउ परेका उनीहरुबाट नुर्फिन १४ एम्पुल, फेनरागन १२ एम्पुल, डाईजेपाम १३ एम्पुल गरी ३९ एम्पुल लागूऔषध बरामद गरेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्