पूर्वमुख्यसचिव शाक्यको अन्त्येष्टि

ललितपुर,बैशाख ७ । पूर्वमुख्यसचिव तीर्थमान शाक्यको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
गत बुधबार ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा निधन भएका शाक्यको बौद्ध धर्म परम्पराअनुसार दिउँसो साढे एक बजे शङ्खमूलस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।
उनको पार्थिव शरीरमा जेठा छोरा महेन्द्र शाक्यले दागबत्ती दिए ।