नुवाकोटको बेलकोटगढीमा हाप्किडो शुरु



नुवाकोट,बैशाख ८ । जिल्लाको बेलकोटगढी नगरपालिकामा हप्किडो खेल शुरु भएको छ ।

शुक्रबारबाट नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु भएको हो । सो राष्ट्रिय प्रतियोगिताको उद्घाटन संघिय सांसद बिमला सुवेदीले गरेकी छन् ।

नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना र नेपाल हाप्किडो संघ तथा वाग्मती प्रदेश हाप्किडो संघको सहकार्यमा प्रतियोगिता भएको हो।

प्रतिक्रिया दिनुहोस्