नेपाल हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै



काठमाडौं,बैशाख ८ । एसीसी प्रिमियर कपअन्तर्गत हङकङविरुद्ध तेस्रो स्थानको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दैछ । नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर ब्याटिङ रोजेका हुन्  ।

एसिया कप छनोटबाट बाहिरिएको नेपालले हङकङलाई हराएमा एसीसी इमर्जिङ एशिया कपमा छनोट हुनेछ ।

इमर्जिङ एशिया कपमा प्रिमियर कपका शीर्ष तीन टोली सहित भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंका र अफगानिस्तान ‘ए’ टोलीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्