म्याग्दीमा टिपर दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते



म्याग्दी,बैशाख ८ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

शनिबार बिहान जलविद्युत् आयोजनाको सिमेन्ट ढुवानी गरेर घ्यासीखर्कबाट फर्कने क्रममा लु २ ख ६११२ नम्बरको टिपर चिमखोलाको घैराबारीस्थित सडकबाट खसेर दुर्घटना भएको थियो। 

दुर्घटनामा घाइते र मृत्यु हुनेको पहिचान खुलेको छैन।

प्रतिक्रिया दिनुहोस्