नेपाल घुम्न आउनेमा सबैभन्दा बढी ३१ देखि ४५ वर्ष उमेरका पर्यटक



काठमाडौं,बैशाख ९ । नेपाल घुम्न आउनेमा विदेशी पर्यटकहरुमा सबैभन्दा बढी ३१ देखि ४५ वर्ष उमेरका रहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्यांक अनुसार अन्य उमेर समूह भन्दा ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटक नेपाल आउने गरेको देखिएको हो । 

सन् २०२३ मा ३ लाख १७ हजार १७० विदेशी पर्यटक ३१ देखि ४५ वर्ष उमेर समूहका बढि नेपाल आएकामा छन् । गत वर्ष यो समूहका २ लाख ८ हजार २९९ विदेशी पर्यटक नेपाल आएका थिए । गत वर्षको भन्दा यो वर्ष यी उमेर समूहका विदेशी पर्यटकको संख्या ५२ प्रतिशतले बढेको छ ।

यस्तै दोस्रो नम्बरमा ४६ देखि ६० वर्ष उमेर समूहका समूहका २ लाख ७२ हजार ३४२ जनाले नेपाल भ्रमण गरेका छन् । २०२२ मा यो उमेर समूहको १ लाख ५५ हजार ९८५ विदेशी पर्यटक नेपाल आएका थिए । 

प्रतिक्रिया दिनुहोस्