कतारका अमिर नेपाल आउँदै



काठमाडौं,बैशाख ९ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले मङ्गलबार पहिलो पटक नेपालको दुईदिने औपचारिक भ्रमण गर्ने भएका छन् ।

अमिरको यो भ्रमणबाट कतार र नेपालबिचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवम् सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज निस्कने तथा त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताए ।

प्रतिक्रिया दिनुहोस्