एमाले अध्यक्ष ओली अस्वस्थ



काठमाडौं,बैशाख ९ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । 

ललितपुरको गोदावरीस्थित शनिबारदेखि सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा आइतबार अध्यक्ष ओली उपस्थित भएनन् । केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडालका अनुसार अस्वस्थ भएपछि उनी बैठकमा उपस्थित नभएका हुन् । 

उनले भने, “अध्यक्षज्यूलाई रुघाले सतायो। हिजो बोल्दा पनि गाह्रो अवस्था थियो। दुई घण्टा ७ मिनेट जति बोले। आज आउन सकेनन् ।”

प्रतिक्रिया दिनुहोस्