रेशम चौधरीको रिट ‘हेर्न नभ्याइने’ सूचीमा



काठमाडौं,बैशाख ९ । सर्वोच्च अदालतले रेशम चौधरीले निर्वाचन आयोग र रञ्जिता श्रेष्ठविरुद्ध दायर गरेको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । आइतबार सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले उक्त मुद्दा ‘हेर्ने नभ्याइने’ सूचीमा राखेको हो ।

चौधरीले जेलबाटै नागरिक उन्मुक्ति पार्टी (नाउपा) गठन गरी गत पुस २७ गते कैलालीको टीकापुरमा भएको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका थिए ।

चौधरी अध्यक्षमा निर्वाचन भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकार गरेको थियो । आयोगले नाउपाको अध्यक्ष रञ्जिता श्रेष्ठनै भएको ठहर गरेको थियो । आयोगको सो निर्णयविरुद्ध चौधरीले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्