गहना जोगाउन घरभित्र जाँदा वृद्धाको मृत्यु



रुकुम,बैशाख ९ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ दारकाट्यामा आगलागीमा परेर एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ।

आइतबार दिउँसो ढारपाखा सामुदायिक वनबाट फैलिएको आगो गाउँमा पस्दा ७० वर्षीया बुदी कामीको मृत्यु भएको हो।

वडा अध्यक्ष तिलवीर केसीका अनुसार घरमा आगो सल्केपछि घरभित्र रहेका गहना निकाल्न भन्दै घरभित्र छिरेकी कामीको जलेर मृत्यु भएको हो। वन क्षेत्रबाट गाउँतर्फ फैलिएको आगोले ६ वटा घर जलेर नष्ट भएका छन्।

प्रतिक्रिया दिनुहोस्