सङ्खुवासभामा बेवारिसे शव फेला



संखुवासभा,बैशाख ९ । सङ्खुवासभा चैनपुर नगरपालिका-१०, दमकट्टास्थित अरुण नदीको घुमाउने दहमा बेवारिसे शव फेला परेको छ। 

पहिचान नखुलेको एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए।

अन्दाजी ४० वर्षीय पुरुषको दायाँ हातको नाडीमा अंग्रेजी अक्षर एमएलआईवाई जस्तो देखिने ट्याटु लेखिएको छ। ४/५ दिनअघिको शव हुनसक्ने प्रहरीको अनुमान रहेको छ। 

प्रतिक्रिया दिनुहोस्