भन्सार विभागको तथ्यांक : ९ महीनामा ११ खर्बको आयात हुँदा १ खर्बको मात्रै निर्यात



काठमाडौं,बैशाख १०। चालू आर्थिक वर्षको ९ महीनामा आयात निर्यात दुवै घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्ष (२०८०/०८१) को तथ्यांकअनुसार आयातमा २.८४ र निर्यातमा ३.६६ प्रतिशतले घटेको हो ।

यो ९ महीनामा नेपालले १ खर्ब १३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ बढीको सामान निर्यात गरेको छ भने ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ भन्दा बढीको सामान आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधीमा नेपालले १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको थियो भने सोही अवधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँ बराबरको सामान आयात गरेको थियो ।

चालू आवको ९ महीनामा नेपालले १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ बराबरको व्यापार घाटा व्होरेको छ । गत वर्ष सोही अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको थियो । गत वर्षको तुलनामा चालू आवको सोही अवधिमा नेपालले २.७५ प्रतिशतले व्यापार घाटामा कमी आएको छ ।

यस्तै, १० महीनामा नेपालले १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष सोही अवधिमा नेपालले १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा चालू आवको १० महीनामा २.९२ प्रतिशतले वैदेशिक व्यापार घटेको छ ।

प्रतिक्रिया दिनुहोस्