९ महीनामा २५ करोडको स्मार्ट वाच (घडी) आयात



काठमाडौं,बैशाख १० । पछिल्लो ९ महीनामा नेपालमा स्मार्ट वाच आयात घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत्रमसान्त सम्ममा नेपालमा २५ करोड ८० लाख ६८ हजार रुपैयाँको स्मार्ट वाच आयात गरेको छ । उक्त मूल्यको १ लाख ८९ हजार ७६० थान स्मार्ट वाच आयात भएको विभागको तथ्यांक छ । 

गत आवको सोही अवधिमा ३२ करोड ३३ लाख १७ हजार रुपैयाँ बराबरको २ लाख १२ हजार ४०९ थान स्मार्ट वाच नेपाल भित्रिएको थियो । गत आवको उक्त अवधिको तुलनामा यो आवको सोही अवधिमा स्मार्ट वाच आयात परिमाणमा १० प्रतिशतले र मूल्यमा २० प्रतिशतले घटेको छ।

समिक्षा अवधिमा नेपालले चीन, भारत, भियतनाम, हंगकंग, संयुक्त राज्य अमेरिका, ताइवान, थाइल्याण्ड, अस्ट्रेलिया, जापान, संयुक्त अरब इमिरेट्स, युनाइटेड किंगडम, मलेसिया, पोर्तुगल, क्यानडा, साउदी अरेबिया, स्पेन, इटाली, नेदरल्याण्ड्स, मौरिसस, लेबनान, कतार, फिलिपिन्स, सिङ्गापुर, उज्बेकिस्तान, जोर्डन लगायतका देशहरूबाट स्मार्ट वाच आयात गरेको छ । 

नेपालले सबैभन्दा धेरै स्मार्ट वाच चिनबाट आयात गर्ने गरेको छ । यो ९ महीनाको अवधीमा चिनबाट मात्रै २१ करोड ३० लाख ९५ हजार रुपैयाँ बराबरको स्मार्ट वाच आयात गरेको छ । यस्तै भारतबाट २ करोड ९८ लाख ९० हजार रुपैयाँ बराबरको स्मार्ट वाच आयात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्