नुवाकोटको छहरेमा विद्यूतीय गाडी दुर्घटना



नुवाकोट,बैशाख १० । छहरे-टोखा सडक खण्ड अन्तर्गत छहरे बजार नजिकै मध्य पहाडी मार्ग छुट्टिने मोड नजिकै विद्यूतीय गाडी दुर्घटना भएको छ ।

सो विद्यूतीय गाडी दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ । शिबपुरी गाउँपालिका वडा नम्बर ८ छहरे डिल नजिक दुर्घटना भएको बाग्मती प्रदेश ३, (००१ ज ५२९ ) नम्बर को माइक्रो निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

सो गाडी त्रिशुलीबाट काठमाडौ तर्फ गइरहेको थियोे । घटनामा कुनै मानवीय क्षति भएको छैन। पछिल्लो समय विद्यूतीय गाडी चालकले तिव्र गतिमा सवारी चलाउने गरेको जनगुनासो आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्