मिस ट्यालेन्ट २०२४ काे पहिलाे अडिशन नुवाकोटमा हुने



नुवाकोट,बैशाख १० । मिस ट्यालेन्ट २०२४ काे पहिलाे अडिशन नुवाकोटमा हुने भएको छ । मिस ट्यालेन्ट २०२४ काे आवेदन फारम खुलेसँगै अडिशनकाे ठाउँहरु ताेकिएकाे हो । नम्रता ट्रस्ट नेपालकाे आयाेजना र मन खुसी फाउन्डेसन बागमती प्रदेशको समन्वयमा रहेको इभेन्टमा सहभागी रहन इच्छुक आवेदकले धमाधम फारम भरिरहेका छन् ।

नुवाकोट रसुवा धादिङ लगायतका भेगलाई पायक पर्ने गरि हाेटल स्वायर बट्टार दम्की नुवाकोटमा यही बैशाख १५ गते अडिशन गर्ने भएकाे छ भने बाँकीलाई काठमाडौमा यही २३ गते गर्ने गरि मिति तय गरेको कुरा आयाेजक टिमले जानकारी गराएका छन् ।

सहभागीका लागि निश्चित नियमहरु तोकिएका छन् । मिस ट्यालेन्टमा भाग लिनकाे लागि १७ वर्ष देखि ३० वर्षसम्मका अविवाहित सबै समुदायकाे युवतीले सहभागी हुन पाउनेछन् । सहभागी प्रतियाेगीहरुमा सामाजिक परिचय, क्षमता अभिवृद्धि, सक्षमता, आत्मविश्वस, विभिन्न अन्तर्राष्ट्रिय स्तरमा सहभागी लगायतका थुप्रै उदेश्यहरु राखेर कार्यक्रम आयाेजना गरिएको हाे । फारम भर्न छुटेकाहरुलाई नुवाकोट अडिशनकाे लागि १४ गतेसम्म र काठमाडौ अडिशनका लागि २२ गतेसम्म पनि भर्न सकिने गरि खुल्ला गरिएको छ ।

फारम भरेर सहभागी शुभेच्छुक प्रतियोगिहरुमा अडिसन गराई छनाैटमा परेकाहरुलाई एक महिना ट्रेनिङ प्रदान गरेर अब्बल व्यक्तित्वका रुपमा क्षमता विकास गराउने, भाेटिङ साथै ट्यालेन्टकाे आधारमा अगाडि बढ्ने गरि कार्यक्रमकाे ढाँचा रहेको आयाेजक समितिका संयाेजक निम्रत तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्