प्रहरीको पेस्तोल हरायो !



बारा,बैशाख ११ । इलाका प्रहरी कार्यालय अमलेखगञ्जमा १० राउन्ड लोड भएको पेस्तोल हराएको छ।

सोमबार राति गाँजाको तस्करी भइरहेको सूचना आएपछि गस्तीमा गएको वरिष्ठ प्रहरी नायब निरीक्षक पूज्य बिसीले बोकेको १० राउन्ड लोड भएको अटोमेटिक पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

अप्रेसनमा १० किलो गाँजासहित एक जनालाई पक्राउ गरिएको तथा हराएको पेस्तोलको बारेमा खोज तलासको साथै वरिष्ठ प्रहरी नायब निरीक्षक बिसीलाई जिल्लामा बोलाएर अनुसन्धान सुरु गरिएको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दघिराम न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्