विमानस्थलमा कतारका अमिर शेखको भव्य स्वागत



काठमाडौं,बैशाख ११ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वागत गरेका छन् । 

कतारका अति विशिष्ट पाहुना अमिरको स्वागतका लागि राष्ट्रपति पौडेल विमानस्थल पुगेका हुन् । उनको स्वागतका लागि राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सरकारका मन्त्री र विशिष्ट व्यक्तित्व विमानस्थल पुगेका हुन् । 

दुई दिने भ्रमणका लागि नेपाल आउनुभएका उनको स्वागतमा काठमाडौँका मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको हो।

यसैगरी, कतारका अमिर थानीले मङ्गलबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति भवन शीतल निवासमा भेटघाट गर्नुहुने राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ। त्यस्तै, साँझ राष्ट्रपति पौडेलले सोल्टी होटेलमा आयोजना गर्ने रात्रि भोजमा उनी सरिक हुनेछन ।

प्रतिक्रिया दिनुहोस्