नुवाकोटको बट्टारमा सामुदायिक विद्यालयका शिक्षकलाई तालिम



नुवाकोट,बैशाख ११ । जिल्लाको विदुर नगरपालिकास्थित बट्टारमा चार दिने शिक्षक तालिम शुरू भएको छ ।

बट्टारस्थित होटल दरबार भ्यूमा मंगलबारदेखि शुरु भएको तालिममा जिल्लाका लिखु, ककनी, शिवपुरी, तादी र विदुर नगरपालिकाका विभिन्न सामुदायिक विद्यालयका २८ जना शिक्षकको सहभागिता रहेको छ।

रुम टु रिड र रुडेक नेपालको सहयोगमा भएको तालिमलाई वरिष्ठ प्रशिक्षक एकराज कोइराला, बटुराम भण्डारी र राधाकृष्ण हुमागाइले प्रशिक्षण दिइरहेको रुडेक नेपालका कार्यक्रम संयोजक फुर्वा घलेले जानकारी दिए ।

पछिल्लो समय रुम टु रिड र रुडेक नेपालले नुवाकोटका विभिन्न सामुदायिक विद्यालयमा बालबालिकाको शैक्षिक स्तर वृद्धिका लागि भाषा शिक्षण, पुस्तकालय व्यवस्थापन जस्ता विषयमा तालिम प्रदान गर्दै आइरहेका छ । यस चरणको तालिम भने कक्षा दुईको भाषा शिक्षण सम्बन्धि रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्