शेखको नेपाल भ्रमणमा ट्राफिक अस्तव्यस्त



काठमाडौं,बैशाख १२ । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा मंगलबार अपरान्ह काठमाडौँ आइपुगे । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनि नेपाल भ्रमणमा आएका हुन । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । 

शेखको नेपाल भ्रमणलाई व्यवस्थित बनाउने भन्दै काठमाडौं सुरक्षा व्यावस्थामा गरिएको परिवर्तनका कारण नियमित सञ्चालनमा आएका सवारी साधन तथा सर्वसाधरण भने समस्यामा परेका थिए । नियमित व्यवस्थापन अन्तर्गत सञ्चालन हुँदा समेत लामो जाम र ट्राफिकमा बस्नुपर्ने उपत्यकामा शेखको यात्रा हुने क्षेत्रमा ट्राफिक भद्रगोल भएको थियोे भने जनजीवन अस्तव्यस्त बनेको थियोे ।

कतारका अमिरले राष्ट्रपति पौडेलसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ताको कार्यक्रम तय गरिएको थियोे । अमिरको सम्मानमा राष्ट्रपति पौडेलले राजकीय भोजको आयोजना गरे ।  सोल्टि होटलमा हुने राजकीय भोजको लागि नेपालका उच्चपदस्थ, कुटनितिक नियोग लगायतको सहभागि थिए । जसका कारण रत्नपार्क महाराजगञ्ज क्षेत्र तथा रत्नपार्क त्रिपुरेश्‍वर सोल्टिमोड क्षेत्रको ट्राफिकसंग जनजीवन अस्तव्यस्त बनेको थियोे ।

बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी उनि मंगलबार अपरान्ह विशेष विमानबाट काठमाडौँ आइपगेका हुन। सो अवसरमा कतारका अमिरको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।

भ्रमणका क्रममा नेपाल र कतारबीच युवा तथा खेलकुद र शिक्षा तथा वैज्ञानिक अनुसन्धानलगायत विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी समझदारी हुने जनाइएको छ ।  नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारका अमिरको यो पहिलो नेपाल भ्रमण हो । नेपालले सन् २००० जुलाई ११ मा दोहामा राजदूतावास स्थापना गरेको थियो भने कतारले काठमाडौँमा आफ्नो राजदूतावास सन् २०११ अगस्टमा स्थापना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्