मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते



अछाम,बैशाख १२ । मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु भएको  छ भने श्रीमती गम्भीर घाइते भएका छन् । कैलालीबाट अछाम आउने क्रममा डोटीको बुडरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकामध्ये श्रीमान मङ्गलसेन नगरपालिका ३ बिसाकोटका ३६ वर्षीय रमेश विकको धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो ।

बुधबार बिहान १० बजे जोरायल गाउँपालिका–२ बुडरमा ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा रमेशका दम्पती गम्भीर घाइते भएका थिए । मृतकका श्रीमती लक्ष्मीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ०१–०११ प ५२१९ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०४–००१ ख ००१२ नम्बरको तेल बोक्ने खाली ट्याङ्करले ठक्कर दिएको थियो । मृतक रमेशको शव पोष्टमार्टमका लागि सेती अञ्चल अस्पताल ल्याइएको छ ।

घटनालगत्तै स्थानीय र प्रहरीको सहयोगमा एम्बुलेन्समार्फत घाइतेलाई धनगढीको मायामेट्रो अस्पतालमा ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्