झापामा दुर्घटना, ३ जनाको मृत्यु



झापा,बैशाख १२ । झापाको शिवसताक्षीमा मोटरसाइकल दुर्घटना हुँदा सवार तीनै जनाको मृत्यु भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्तरगत शिवसताक्षी नगरपालिका-८ स्थित झिलझिलेमा आज बिहान साढे ५ बजेको समयमा दमकबाट सुरुङ्गातर्फ आउँदै गरेको मे ३ प ५००१ नम्बरको १५० सीसीको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०१–००१ च ९३२९ नम्बरको बोलेरो गाडी एक आपस ठोक्किँदा दुर्घटना भएको थियो ।

मोटरसाइकलमा सवार तीन जनामध्ये दुई जनाको घटनास्थलमै र एक जनालाई बीएण्डसी हस्पिटल बिर्तामोड लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । मृतक तीनै जना युवा हुन्। उनीहरूको पहिचान खुलेको छैन। 

उनीहरू त्यहीका स्थानीय हुन सक्ने प्रहरीले जनाएको छ । उनीहरूको पहिचानका लागि परिवारजन हस्पिटलतर्फ गइरहेको जनाइएको छ ।  यता दुवै सवारीसाधनसहित बोलेरो चालक मेचीनगर नगरपालिका-६ का ४५ वर्षीय ऋषिराज गिरीलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्