महोत्तरीको मटिहानीमा आगलागी, ७० बढी घर जल्यो



काठमाडौँ,बैशाख १२ । महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जर्लहवामा आगलागी भएको छ । आगलागीका कारण ७० भन्दा बढी घर जलेको महोत्तरीका एसपी नकुल पोखरेलले बताए ।

८ वटा दमकल प्रयोग गरेर आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । बुधबार दिउँसो १ बजे अचानक आगो लागेको र हावा चलेका कारण तीव्र आगो फैलिएको एसपी पोखरेलले बताए ।

प्रहरीका अनुसार पशु चौपायाहरू आगलागीमा परेका छन् । क्षतिको यकिन विवरण बारे प्रहरीले लगत संकलन गरिरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्