दोस्रो अध्यक्ष कप बागमती प्रदेश स्तरीय भलिबल प्रतियोगिताको विजयी बन्यो पञ्‍चकन्या



नुवाकोट,बैशाख १२ ।  म्यागङ गाउँपालिकाद्धारा आयोजित दोस्रो अध्यक्ष कप बागमती प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता पञ्‍चकन्या गाउँपालिकाको टीम बन्न सफल भएको छ ।

म्यागङ गाउँपालिका -५ सामरीभञ्ज्याङमा भएको भलिबल प्रतियोगिताको  फाइनल खेलमा पञ्चकन्या गाउँपालिकाको टीमले म्याघाङ गाउँपालिकाको भलिबल टीमलाई १६-१४ सेटले पराजित गरेको हो ।

बाग्मती प्रदेश स्तरीय पुरुष भलिवल प्रतियोगिता विजेता पञ्चकन्याले ट्रफीसहित नगद पुरस्कार तीन लाख तेत्तीस हजार ३ सय तेत्तीस हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्