भारतीय भन्सार पानीटंकीले छाड्यो छ दिनपछि नेपाली चिया बोकेका २२ ट्रक



विराटनगर,बैशाख १३ । छ दिन पछि मेची पारी भारतीय नाका पानीटंकीमा रोकीएका नेपाली चिया बोकेका २२ वटा ट्रकलाई मंगलबार राती भारतीय भन्सार कार्यालयले पश्चिमबंगाल प्रवेश दिएको छ । यी ट्रकले दुई हजार २ सय टन नेपाली तयारी चिया बोकेका थिए । 

भारतीय भन्सार कार्यालय पानीटंकीले बिहिबार नेपाली ट्रकहरुलाई नाकामा रोकी सत प्रतिशत ल्याब परिक्षण गरि गुणस्तर युक्त भएको सर्टिफिकेट ल्याउन भनेपछि झण्डै एक साता ट्रक पानीटंकीमा रोकीएका थिए । यस अघि तीन तीन महिनामा ५ देखी २५ प्रतिशत मात्र चियाको नमुना परिक्षण गरि छाड्ने गरेकोमा अग्रिम जानकारी बिनानै पानीटंकी भन्सारले नयाँ प्रावधान लागु भएको भन्दै चियाको जाँचपास गर्न मानेको थिएन । 

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले लगायतको टोलीले प्रधानमन्त्र पुष्पकमल दाहाल प्रचण्डसंग भेट गरि चिया निकासीका समस्या र त्यसको दीर्घकालिन समाधानका लागि पहल गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीको पहल र भन्सार विभागका साथै पराष्ट्र समेतको पत्राचारका कारण बिना कुनै कारण मंगलबार राती ९:३० बजे भन्सार एजेन्टलाई बोलाएर भारतीय भन्सार कार्यालय पानीटंकीले चिया बोकेका ट्रक छाडिदिएको छ । 

 

प्रतिक्रिया दिनुहोस्