नेपालबाट पानी निर्यात गर्दै आएका व्यवसायी भन्छन् – पानी विक्री गरेर डलर भित्रयाउन सम्भव छ, सरकारले लविङ बढाओस्



काठमाडौं,बैशाख १३ । नेपालबाट विदेशमा पानी निर्यात गर्दै आएको मुक्ती श्री प्रालिका निर्देशक अरुणराज सुमार्गीले नेपालको पानी विदेशमा विक्री गरेर डलर भित्र्याउन सम्भव रहेको बताएका छन् ।

अमेरीका, जापान, कोरियालगायतमा पानी निर्यात गरिरहेको उनको कम्पनीले हाल दैनिक १ लाख २० हजार भन्दा बढि पानीका बोतल उत्पादन गरेर विदेश पठाउदैँ आएको छ । ‘हामीले थप प्लान्टहरु थपेर मध्यपूर्वका देशहरुलाई लक्षित गरेर पानी निर्यातको तयारी थालेका छौं, उत्पादन केही दिनमै थप बढ्नेवाला छ’ कम्पनीका निर्देशक  सुमार्गीले अभियानलाई बताए ।

पानी बेचेर डलर भित्रयाउनेहरुलाई राज्यले भने चिन्न नसकेको उनको भनाई छ । ‘अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरि प्लान्टहरुबाट उत्पादन गरेर बाहिर पठाउन धेरै गाह्रो छ, समुद्रीमार्ग प्रयोग गरेर दुवानी गर्दा अनेकौं समस्या झेल्नुपरेको छ,’ उनले भने, ‘नेपाल भित्र र बाहिरीदेशका नीतिहरुमा टेकेर  निर्यात गर्नुपर्ने हुँदा रहेका समस्याहरु समाधानमा छलफल आवश्यक छ।’

पानी निर्यात गर्दा राज्यबाट कुनै सुविधा नपाएको, स्वदेशभित्रै दुवानीमा समस्या रहेको सुमार्गीले अभियानलाई बताएका छन । यद्यपी खाडी मुलुकमा पानी पठाउन भइरहेको सरकारी वार्ता सकारात्मक रहेको उनको भनाई छ ।नेपाली पानीको विदेशमा माग अत्याधिक रहेकाले यसमा नेपालले लविङ बढाउनुपर्ने उनी बताउछन । ‘माग अत्याधिक छ, गुणस्तरीय पानी निर्यात गर्ने कम्पनीहरु एकदमै कम छन्, पूर्वाधार निर्माणसम्ममा  ध्यान दिन जरुरी छ,’ उनले भने ।

नेपाली पानीको विदेशमा माग अत्याधिक रहेकाले यसमा नेपालले लविङ बढाउनुपर्ने उनी बताउछन । ‘माग अत्याधिक छ, गुणस्तरीय पानी निर्यात गर्ने कम्पनीहरु एकदमै कम छन्, पूर्वाधार निर्माणसम्ममा  ध्यान दिन जरुरी छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्