हिमालयन हाइड्रो एक्स्पो उद्‌घाटनको सबै तयारी पूरा, आज राष्ट्रपति पौडेलबाट समुद्घाटन हुने



काठमाडौं,बैशाख १३ । हिमालयन हाइड्रो एक्स्पो २०२४ को समुद्‌घाटनका लागि सबै तयारी पुरा भएको छ ।

आज बिहीवार राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको औपचारिक रुपमा समुउद्‌घाटन हुने स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।

हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण बैशाख १२ देखि १४ गतेसम्म भृकुटीमण्डपमा आयोजना भइरहेको छ । एक्स्पोमा एक दर्जन देशका ऊर्जा सम्बन्धी १०० भन्दा बढी स्टलहरु रहेका छन् । त्यस्तै विभिन्न ७ वटा प्राविधिक सत्रहरुमा पनि छलफल हुँदै छन् ।

प्रतिक्रिया दिनुहोस्